खाना राम्रोसँग खाने गर्नुपर्छ। फोहोर, काँचो-कचिलो र सडेगलेका खानेकुरा खानाले रोग लाग्छ।हामीले ठीक-ठीक समयमा खानेकुरा खानुपर्छ। कोचेर खानुहुँदैन। कोचार खाँदा अपच हुन्छ। यसले पेट दुख्छ। हामीले हतार नगरी चपाई-चपाई बिस्तारै खानुपर्छ। हामीले सधै ताजा खानेकुरा खानुपर्छ। खानेकुरा एकै चोटि धेरै खानुहुँदैन। खानेकुरा बढी मागी खेर फाल्नु पनि हुँदैन।हामीले खानुभन्दा अघि सफासित हातमुख धुनुपर्छ। खाइसकेपछि राम्रोसँग चुठ्नुपर्छ। हामी नडभित्रको फोहोरले हामीलाई खराब गर्छ। नङ बेलाबेलामा काट्ने गर्नुपर्छ। सफा ठाउँमा बसेर सफा भाँडामा हालेर खानुपर्छ। खानेकुरालाई झिंगा, साङला, मूसा र धूलो जस्ता कुराबाट जोगाउनुपर्छ?। यसो नगरे फोहोर कुरा हाम्रो पेटमा पर्छ, अनि हामी बारामी हुन्छौं।