विगत तीन बर्ष देखि वाणगंगाले छिचौँसंग भगिनी सम्बन्धका लागि पहल गर्दै आएपनि आज आएर यसले औपचारिकता पाएको हो । शनिबार चिनको छिचौँबाट भगिनी सम्बन्धका लागि नगर जनसरकारका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा सहितको ५ सदस्यिय टोली वाणगंगा आएको थियो ।भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर पछि बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख थारुले छिमेकी मित्र राष्ट्र चिनको छिचौँ नगरपालिकासंग भएको सम्झौता ऐतिहासिक भएको बताउनुभयो । यसले दुई नगरबीच मित्रता बढ्ने विश्वास गर्दै यो सम्झौतालाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।