मलाई हिंडाइमा कसैले पनि भेट्टाउँदैनन्, बुझ्यौ? तिमीले त हिंडेको पनि हिंड्दै नहिंडेको जस्तो छ।” कछुवाले टाउको उठाउँदै भन्यो---“आऊ न त, सँगै दौडेर हेरों, को छिटो हिंड्दो रहेछा” कछुवाको कुरा सुनेर खरायो खिस्स हाँस्यो। उसले जवाफ दियो----"आऊ त, दौडिहालौं।" कछुवा र खरायो एकै लहरमा उभिए। खरायोले भन्यो--" ऊ त्यो फेदीको पीपलको 赌注 रुखसम्म हामी दुईथरी दौडौं। जसले पहिलो त्यो रुखलाई छुन्छ, उसले बाजी जिल्छ, तिमीलाई मन्जुर छ?”